भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू १६ / रेमिका थापा
Kavita Kosh से
एकान्तलाई बाँध्ने धागो हुँदैन कुनै
एकान्तलाई छुने सुसेली हुँदैन कुनै
कोरी बाटी बसेको हुँदैन एकान्त !
संवेदनाको महासमुद्रमा
मर्मका मिहिन दानाहरूलाई
समाउने ठाँउ हुँदैन कुनै !
संवेदनाका एक एक अक्षरहरूले
पलपल झरेर एकान्तको निर्माण हुन्छ
यो असीम समाधिलाई छुने ठाँउ हुँदैन ।
एकान्त एकान्त मात्र हुँदैन ।