भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू २० / रेमिका थापा
Kavita Kosh से
छुन नखोज मेरो भावनाको
रुपलाई
मेरो बैँस त धुपीको हरियोपनामा छ !
छुन नखोज मेरो विचारको
सौन्दर्यलाई
मेरो जोबन त आकाशको निशब्द बाँसुरीमा छ !
छुन नखोज मेरो दृश्यको सुगन्धलाई
स्पर्श यदि गर्नु छ भने
मान्छेको आँखाको तलाउमा
डुबेर फुलिरहने
मेरो स्वाभावलाई गरे हुन्छ !
छुन नखोज मेरो भावनाको बान्कीलाई !