भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गाउँमा कविताहरू २५ / रेमिका थापा
Kavita Kosh से
गाउँ
विह्वल भइरहने दिन आउँछ।
अनुभूतिले
निष्ठाले
कर्मले
गाउँ विभोर भइरहन सक्छ !
यस बेला गाउँमा
भिजेको मात
भिजेको नशा
गाउँ विस्मित भइरहन सक्छ !
सौन्दर्य,
जो चेतनामा बस्न खोज्ने
एउटा जिउँदो चित्र
जसलाई छुन मिल्दैन।
सुगन्ध भनेको खोज्नै पर्दैन,
आह ! निथुक्र्क खेतबाट उडी उडी आउने
यो भिजेको बास्ना !