भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँले कविको गीत / चन्द्रवीर तुम्बापो

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मैले नै उमारेको हुँ मेरै मेहनतले
यो डाँडा यो पाखामा हरियो मुस्कान
मेरै मुटुको रङ पैँचो लिएर
रातो अझ रातो फुलेका हुन् यी गुराँस
मेरै रगतको टाकुरामाथि थपक्क अड्याएर राखेको हुँ
यी चमकदार हिमाल

ओ यो सहरको वरिष्ठ कवि

फरक यही हो
कुनै फोटोग्राफरले खिचेको तस्विर हेरेर तिमी
हिमालको कविता लेख्छौ

तिम्रो सहरको छातीमा
सपनाभन्दा अग्ला अग्ला महल ठड्याउन
तिम्रो सहरको छातीमा
पहाडभन्दा उच्च उच्च दरबार उठाउन
मैले नै पठाएको हुँ
यो सीमान्त गाउँबाट श्रमिकहरु

हराभरा भएर तिम्रो सहर
उज्यालोमा हासिरहन बनाउने
मेरै गाउँबाट बग्दै बग्दै आइपुग्ने पसिनाको नदी हो

ओ यो सहरको वरिष्ठ कवि
म गाउँको गाउँले कवि
फरक यही हो
म सधैँ सधैँ पसिनाको कविता लेख्छु ।
गाउँले कविको गीत
चन्द्र्रवीर तुम्बापो

मैले नै उमारेको हुँ मेरै मेहनतले
यो डाँडा यो पाखामा हरियो मुस्कान
मेरै मुटुको रङ पैँचो लिएर
रातो अझ रातो फुलेका हुन् यी गुराँस
मेरै रगतको टाकुरामाथि थपक्क अड्याएर राखेको हुँ
यी चमकदार हिमाल

ओ यो सहरको वरिष्ठ कवि

फरक यही हो
कुनै फोटोग्राफरले खिचेको तस्विर हेरेर तिमी
हिमालको कविता लेख्छौ

तिम्रो सहरको छातीमा
सपनाभन्दा अग्ला अग्ला महल ठड्याउन
तिम्रो सहरको छातीमा
पहाडभन्दा उच्च उच्च दरबार उठाउन
मैले नै पठाएको हुँ
यो सीमान्त गाउँबाट श्रमिकहरु

हराभरा भएर तिम्रो सहर
उज्यालोमा हासिरहन बनाउने
मेरै गाउँबाट बग्दै बग्दै आइपुग्ने पसिनाको नदी हो

ओ यो सहरको वरिष्ठ कवि
म गाउँको गाउँले कवि
फरक यही हो
म सधैँ सधैँ पसिनाको कविता लेख्छु ।