भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गाउँ–गाउँबाट उठ / श्याम तमोट

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ
यो देशको मुहार फेर्नलाई उठ ।

हातमा कलम हुनेहरु, कलम लिएर उठ
बाजा बजाउँन जान्नेहरु, बाजा लिएर उठ ।

हातमा औजार हुनेहरु, औजार लिएर उठ
साथमा केही नहुनेहरु, आवाज लिएर उठ ।

झिल्का–झिल्का बल्नेहरु, ज्वाला भएर उठ
देशका लागि लड्नेहरु, एकजुट भएर उठ ।