Last modified on 30 अक्टूबर 2017, at 11:21

गाजलु ती ठूला ठूला आँखा / म. वी. वि. शाह

गाजलु ती ठुला ठुला आँखा
तीर बनी बसे यो दिलैमा
कालो लामो परेली केश
छाल परे कलिलो मायामा

निधारको त्यो रातो टीका
छाप बनी बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फुली
ज्योति बन्यो कलिलो मायामा

पातलो त्यो मधुर ओठ
स्वाद बनी बस्यो यो दिलैमा
मिलेका ती दाँतका पंक्ति
मोती बन्यो कलिलो मायामा