भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

गितारको गीत / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो
आफ्ना बलिष्ठ हातहरूले
मेरा तारहरूमा बेस्सरी हिर्काएर
झनझनाउँदा स्वरहरू फैलाइदिए हुन्थ्यो
कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो

मलाई एउटा कोठाको अँध्यारो कुनामा
किच्रिक्क परेर
थन्किएर
दिन बिताउन मन परिरहेको छैन
कसैले अलि जाँगर गरिदिए हुन्थ्यो
स्वच्छ हावामा
खुला फाँटहरूमा
एउटा स्वतन्त्र मान्छेजस्तै
मलाई पनि घुमफिर गर्ने मौका दिए हुन्थ्यो
कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो

मेरा तारहरू नमिलेका पनि होलान्
कुनै अलि खोल्नुपर्ने होला
कुनै अलि कस्नुपर्ने होला
सिपालु वादकले मेरा कानहरू निमोठिदिए हुन्थ्यो
 
उसका सुकोमल औँलाहरूसँग खेल्ने
ओहो । मलाईकत्रोरहर छ ।
उसले मेरो भावना बुझिदिए हुन्थ्यो
कसैले मलाई खोलबाट निकालिदिए हुन्थ्यो

खोलको च्यातिएको प्वालबाट
उडिरहेका चराहरू देख्छु
बगिरहेको आकाश देख्छु
आकाशको उन्मुक्त फाँटमा रमाउँदै कुदिरहेको
तर कोठाभित्र भने कन्जुसी गरी–गरी अलि–अलि छिरेको
उज्यालो घाम देख्छु
खेलिरहेका केटाकेटीहरू देख्छु
कस्तो कुसमयमा जन्मेछु छिः म त
अलिकति जाँगर पनि नभएका
उत्साह मरेका
वादकहरूको हातमा परेछु
कस्तो कुसमयमा म तयार भएछु

गितार हुँ
कसैले बजाउँदैन भने मेरो के उपादेयता ?
यदि म थकित मजदुरको हातमा हुन्नँ भने
यदि म खेतका गरा र आलीमा पुग्दिनँ भने
यदि म गाउँका झुप्रीहरूमा
अथवा सहरका फोहोर बस्तीहरूमा डुल्न पाउँदिनँ भने
विद्यालयका प्राङ्गणहरूमा रमाउन पाउँदिनँ भने
मेरो जिउनुको के सार्थकता ?

जीवनमुखी अभिव्यक्ति भएका कलाकारले
आफ्ना सुरिला स्वरहरूमा
मलाई पनि मिलाएर
मीठा धुनहरूमा सिँगारेर
अरू साथी–सँगातीसँग मिसाएर
कुन्द्रुङ–कुन्द्रुङ अथवा झ्याम–झ्याम बजाइदिए हुन्थ्यो
कसैले मला ईखोलबाट निकालिदिए हुन्थ्यो