भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गीत / गोपालप्रसाद रिमाल
Kavita Kosh से
					
										
					
					बखत भयो यही हो बेला नजर उघारी हेरिदेऊ 
त्यो दिलबाट तमस हटाई उज्यालो हावा फैलाइदेऊ 
जो देख्छौ हालत भित्री तहको 
तिमीलाई अन्य भनूँ म कसरी? 
जो सुन्छौ आवाज भित्री मनको 
तिमीलाई वैरी भनूँ म कसरी? 
हे देवी दुर्गे, जगत्की आमा, पुकार हाम्रो सुनिदेऊ 
हामी नेपाली हाम्रो यो भाव सबमा जगाइदेऊ। 
 
	
	

