भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गुलाबी अधर त्यो अलि मुस्कुराऊ / रवि प्राञ्जल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गुलाबी अधर त्यो अलि मुस्कुराऊ
लजाएर नजर अरु न झुकाऊ
तिम्रो छेउ आउँदा ढुकढुकी बढ्छ
सक्दिन थाम्न नजिक नआऊ

गालाभरि त्यो मधुमास लाली
देखेर झुम्छ मन डाली डाली
परेलीमा यौवन छ छल्किरहेको
मेरै हो कि तस्विर बल्झिरहेको

पिरतीको साइनो मेरो तिमीलाई
यौवनको उच्छ्वासले कहिल्यै नभुल
नयनभरि प्रीतको ज्वाला बोकेर नआऊ
सामुमा झनझन् बराली

म प्रीतमा लौ न घायल भैजान्छु
त्यो बोलीमा फेरि कायल भइजान्छु