भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

गुहार गुहार / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

लाशमाथि लाश भयो डढाउँदा गाउँ
धरतीमा कतै छैन हाम्रो बस्ने ठाउँ

स्त्री जातिका गुप्ताङ्गमा सङ्गीनका घोचा
बदलाको भावनामा छौँ कि हामी होचा ?

न्याय खोज्छौँ खाँदै जान्छौँ आज ताता गोली
फेराइदिन्छौँ धरतीलाई हामी नयाँ चोली

भारतसित परिसक्यो नजोरिने फाटो
भिजिसक्यो रगतले नेपालको माटो

कैले हाम्रो साहसले सगरमाथा छुने
दुष्मनको रगतले हात गोडा धुने

नेपालका सन्तती हे खुकुरीका धार
दिदीबैनी दाजुभाइ गुहार गुहार

मान्छे खाने जन्तुलाई भगाइदिन आओ
जागृतिको राँको झन् झन् जगाइदिन आओ