गोपिकास्तुति (गोपी रक्षा) / इन्दिरस
राती वन्मा बासुरी शब्द गर्दा । आया गोपी कृष्णले चित्त हर्दा ।।
गोपी सब्का कृष्णको खेल पर्दा । वेन्दावन्मा रासलीला त गर्दा ।।१।।
हामी सुन्दर् शीलवंती रह्या छौं । कृष्णैज्यूलाई मोह पार्न्या भया छौं ।।
एस्तो श्खी गोपिकाले धर्याा छन् । लालाजीले गुपतवासै गर्याछ छन् ।।२।।
तेस्तै बीच्मा षोजिषोजी गर्या् छन् । वृन्दावन्मा एक ठाऊँ मिल्या छन् ।।
नदीतिर्मा जाइ जुःखित् भया छन् । ताहीं गोपी गाँउन लागी रह्या छन् ।।३।।
ब्रज त बेस बन्यो तिमिरि जन्मले । लक्ष्मि छन् जाँहा तिम्रि निम्तिले ।।
पिह निहार हे प्राण धर्दछन् । तिम्रि हुन् सबै षोजि गर्दछन् ।।१।।
शरदमा कमल बेस पत्रले । श्री हरी दिन्या तिम्रि नेत्रले ।।
सुरतनाथ हे हामी दासिको । बध हुदैन की कामदेवको ।।२।।
जलद विष् भयो ब्याल दुष्ट भो । बिजुली अग्नि भो आधि भोर भो ।।
नयकि संतति लोक भीति भो । रथनिहार्भयो येति दुःख भो ।।३।।
तिमी रह्यानछौ पुत्र गोपिका । हृदय साक्षि हौ सर्वदेहिका ।।
विधि कि विन्तिले लोकपाल् भयौ । यदुकुलै विषे जन्म भै गयौ ।।४।।
अभय भै गयो विश्वदेषिको । चरण सम्झन्या हामी गोपिको ।
चरण रुप् कमल् देउ माथमा । लक्ष्मिका पती साथ हातमा ।।५।।
ब्रज कि दुःख हुन् वी नारिका । मन सगालन्या हामी गोपिका ।।
गर भजन् तिमी हामी दासिका । कमल झैं असल् हेर्न देउ वदन् ।।६।।
अमृत देहिको पाप काटिन्या । गउ पछी चली शोभमान् हुन्या ।।
चरण कालिनाग् माथि राषिन्या । धर कुचै उपर् दरद हर्दिन्या ।।७।।
मधुर शब्दले वेश वाणिले । बुझ निहारका चित्त चीरले ।।
अकल गम् भयो हामी गोपिको रस पिलाऊ हे कृष्ण ओठको ।।८।।
अमृत हौ कथा जीवदान् दिन्या । कवि रह्राउन्या पाप काटिन्या ।।
श्री सुहाउन्या सुन्न वेश् हुनया । ग्रहण गर्दछन् भाग्य ध्र् हुन्या ।।९।।
पिरतिले नजर् गर्नु हाँसनु । समझि राषनु वेश देषनु ।।
बुझि सबै ञहाँ सम्झि हामरो । कलपि जान्छ मन् धूर्त साँवरो ।।१०।।
गउ चराउँदै जानुहुन्छ वन् । कमल झैं नरम् लाल पाउ छन् ।
गडि दिनन् तिषा पथ्थरै ति झन् । भनी त हामरो कल्पि जान्छ मन् ।।११।।
दिन बित्यापछी नील केश् भरी । कमल झै वदन् हुन्छ हे हरी ।।
धन समान् भरी धरुलि धेर धरी । हृदयमा दियो कामदेव् भरी ।।१२।।
अमृत हित् हुन्या ब्रह्मा पूजिन्या । समझि वेश् हुन्या श्री सुहाउन्या ।।
चरण रुप् कमल् सुस्व (क्ष्म) रुप् हुन्या । धर कुचै उपर् दर्द दुर हुन्या ।।१३।।
रति बढाउन्या शोक नाशिन्या । ब्रज त वेणुले स्वाद पाञिन्या ।।
अरु सबै कुरा बिर्सिजाइन्या । अमृत ओठको द्धौ मिठो हुन्या ।।१४।।
वनविषे गमन् गर्दछौ जसै । दिन भयो जुगै हामी दासिलाई ।।
कुटिल केशले शोभमान् वदन् । नजर गर्न देऊ नेत्रले चइन् ।।१५।।
पति र पुत्र कुल् भाइ वन्धु जन् । त्यजि जहाँ हजूर ताहिं धाउँदछन् ।।
गति निहार्दछन् गीत लोभि छन् । युवतिलाई को राति छोड्दछन् ।।१६।।
विजनसो हुँदा चित्त पुस् हुन्या । मुसुक हाँसन्या प्रेम देषिन्या ।।
हृदय सुनदरै देषियो जसै । बहुत मोहितै हुन्छ मन् उसै ।।१७।।
ब्रज निवासिको दुःख नासिन्या । तिम्रिँ मूर्तिले विध्न दुर्हुन्या ।।
तीमि तेज्दछौ हामि सम्जन्या । हृदय रोगको दर्द हर्दिन्या ।।१८।।
तिम्रा चरण् कमल कोमल जुन् कुचैमा ।
डर् मानि हामीहरुल् नि लिया कठिन्मा ।।
त्स्ता चरण् कमलले वनभित्र जान्छौ ।
मन् पुग्छ हामीहरुका तहिं प्राण झैं छौं ।।१९।।
कोमल् चरण् जो घरि हामि राख्छौं ।
विस्तार् कठोर् कुचमहा मय मानि हाल्छौं ।
जान्छौ तिनै चरणले हजुरै वनैमा ।
पथ्थर् तिषा गडि दिनन् भनि षेद पाउछौं ।।२०।।
यमूना किनार्मा बसी गाउथ्या ती । तेसै बीचमाहाँ आया छन् हरीजी ।।
गोपिकाहरुले जसै पाया दर्शन् । येकै बेरा उठी गरी हाल्या पर्सन् ।।२१।।
दोसल्ला दोपट्टा चदर् चूँदरीको । गोपीका सबैले आफूले ओढ्याको ।
उतारि भूमिमा बडो गद्दि लाया । अलिक् हावा लाग्न्या कदम्को त छाया ।।२२।।
तसै गद्दिमाहा लालाजी बस्या छन् । चारंतीर गोपी घेरा दी बस्या छन् ।।
अघिबाट पान्का विडा मुष् मिलाई । हरीजीका मुख्मा आफ्नू मुख् मिलाई ।।२३।।
अधर्को रसै ता पियाई मुखैमा । भरी रात् विताया अघीकै सुखैमा ।।
लालाजीको वंशी षोसीलीया तिन्ले । गोपीका चोलीमा हातै हाल्या उन्ले ।।२४।।
मनै भित्र प्रीति मुखैले त कोपी । तेसै बीच माहा बोली हाल्या गोपी ।।
हजुरले त यस्तो कसर् राखी लुक्नु । हामीले त वेर्थै हजुर देषी झुक्नु ।।२५।।
दिनै भर् हजुर्लाई छाडन्या त छैनौं । अरु जस्ता स्वास्नी हामी गोपि होइनौं ।।
हजुर्ले टहल्मा बडो सुःख पाउला । पछी फेरि हामी गोलोकैमा जाउँला ।।२६।।
यही मन्मा राषी घरै छाडी आञ्यूँ । वनै बीच माहाँ वृहत् दुःख पाञ्यूँ ।।
हजुर्को हामीमा छँदै छैन मोहो । बरु हामीलाई मारी हाल्न्या पो हो ।।२७।।
जसै गोपिकाले यसै बात बोल्छन् । लालाजीले तिन्का कुचै हात धर्छन् ।।
हरिजीले पान्को गुकें दीया पोती । गोपीका सबैको मुखै चन्द्र ज्योती ।।२८।।
गोपीका सबैले फेरि दीया धोती । लालाजीले तिन्का चुडी दीया मोती ।
गोपीको हरीको षिलै हुन्थ्यो जाहाँ । जुनै लाग्न्या राम्रो वनैभित्र माहाँ ।।२९।।
तमास् हेर्न आउँछन् पशू पंक्षी ताहाँ । जो जो हेर्न आउँथ्या फेरि जान्थया काहाँ ।।
गोपीका सबैले बडो सूख पाया । छाडी हाल्या तिन्ले घरैको त माया ।।३०।।
गोपिकाहरुको लिला देषि पाया । लालाका चरन्मा बहुत् विन्ति लाया ।।
राधाकृष्ण लीला नसुन्या जो होला । तेसैभन्दा मूर्ख जगत्मा को होला ।।३१।।
राधो हरीको लिला सो त सुन्छन् सबै दुःख छूटी हरीरुप हुन्छन् ।।
येती कृष्णजीको चरित्रै बन्याको जगत् बीचमाहाँ अमृतै बह्माको ।।३२।।
‘नेपाली वाडमयः केही खोजी केही व्याख्या’ बाट