भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
गोहीको आँसु / दिलिप योन्जन
Kavita Kosh से
रोपे हुन्थ्यो झिरले मलाई, किन उन्छौ पिरमा सधैं
किन झार्छौ गोहीको आँसु, भित्र भित्रै कच२ चपाई।
छोड्नु नैरहेछ दोबाटोमा मलाई, झुटो नाता किन जोडेउ
पबित्र माया झुटो भनी, ब्याथै किन बदनाम गर्छेउ
किन सियोले मुटु घोच्छउ, चट्टै काट घाँटी मेरई
किन झार्छौ गोहीको आँसु, भित्र भित्रै कच२ चपाई।
हाँस्नु नैरहेछ रुवाई मलाई,मायाको खेल किन खेलेउ
बाचा बन्धन आफै तोडी, बिना कसुर दोषी पारेउ
मर्यो भन्दै किन हिड्छेउ,जलाउ चितामा जिउदै मलाई,
किन झार्छौ गोहीको आँसु, भित्र भित्रै कच२ चपाई।