भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घरज्वाइँ राख्न लान्छु कान्छा / सीमा आभास

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मसँग आजै हिँड घरज्वाइँ राख्न लान्छु कान्छा
दिनभरि घर रुँघ्नु अफिस म नै जान्छु कान्छा ।

चुरा, धागो सिन्दुर पोते केहि दिनुपर्ने छैन
चुलाचौका धान्यौ भने सहयोग ठान्छु कान्छा ।

दिनभरि मेरो बाटो कुर्दा दिक्क लाग्यो भने
बिदाको दिन घुम्ने खाने जे भने नि मान्छु कान्छा ।

म्यारिज खेल्दै रेड लेबल पिउने तिम्रो सोख पनि
घरमै पुरा गरीदिउँला ब्याबहार म धान्छु कान्छा ।

पियौ भनि रिसाउँदिन विचार बद्लीसकेको छ
गुडफ्राइडेमा तिमीसँगै सफ्ट वियर खान्छु कान्छा ।।