Last modified on 22 अगस्त 2020, at 14:37

घामले टल्काएको छानो / बतउल अजिजपुर / सुमन पोखरेल

एक थैलो भावना रित्याएँ मैले,

कुनै दर्शन छाँट्नलाई
ब्रह्माण्ड बीचको एउटा मस्जिदछेउ
आफ्ना नक्साका लागि शब्दहरू बुन्दैछन् ईश्वर शायद,

र छानिँदै छन् सहस्र औँलाहरू
सहस्र शब्द मार्फत

तर कहिल्यै कुनै न्याय भएको छैन,

आफ्ना गोडामुनिको धर्ती थर्थराइरहेको बेला
कुनै उत्साह थप्दैन मेरा गीतमा
छानामाथि बराल्लिइरहेको घामले।