Last modified on 3 मई 2020, at 11:12

घाम रून्छ कुहिरोभित्र अन्धकारमा बसी / गीता त्रिपाठी




घाम रून्छ कुहिरोभित्र अन्धकारमा बसी
बिहानीमा शीत फुल्छ तुषारोमा खसी
 
दुःखभित्र दुःखै बस्छ, सुख हुन्न त्यसै
कहाँ खुल्छ बाक्लो कुहिरो घामविना यसै
आस्था रून्छ हृदयको कुनाकुना पसी
घाम रून्छ कुहिरोभित्र अन्धकारमा बसी
 
पत्थरको मन्दिरमा घण्टा बजे पनि
धर्ममर्म नराखेर जति भजे पनि
विश्वास रून्छ शङ्काभित्र आफैँसँग तर्सी
घाम रून्छ कुहिरोभित्र अन्धकारमा बसी