भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

घायल फूल : केही झरेका पत्रहरू / नोर्जाङ स्याङदेन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

(अन्तर्राष्ट्रिय विकलाङ्ग वर्षकोशुभावसरमा)

“The marvelous richness of human experience would lose something of its rewarding joy if there were no limitations to overcome… no dark valleys to traverse.”
                                                                                            -Hellen Keller

हामी बैसाखीबिना हिँड्दैनौँ।
बैसाखी हामीबिना हिँड्दैन ।
यसैले हाम्रो रङ्ग हुँदैन ।
हामी हातबिनाको अँगालो बढाउँछौँ।
तर बिनाहातको अँगालो अँगालो हुँदैन ।
यसैले हाम्रो जात हुँदैन ।
सहानुभूति र समभावनाको टापुमा
हामी एक्ला मान्छेहरू
हामी रुने आँसु एउटै हुन्छ ।
जीवन रोयो कि आँखा रोयो तर
छामी हेर्ने सायद कोही हुँदैन ।
हामी हिँड्ने बाटो ब्रेलका अक्षरहरूजस्तै रोडे छन्।
सधैँ ओझेल, इन्द्रेनी समाएका यी पहाड र क्षितिजहरू
दृश्यबाट वञ्चित हामीलाई सोध्नू,
सधैँ हिँडेर जानुपर्ने यो क्यानभास र ग्यालेरीका महान् कृतिहरू
कति सुन्दर र सजीव छ भनेर ।
स्वरहरूबाट लाञ्छित हामीलाई सोध्नू,
गीत, गुञ्जन र यो संसारको सिम्फोनी नै
हाम्रो मुटुभित्र कतिसम्म पस्छ भनेर ।
स्पर्शबाट तिरस्कृत हामीलाई सोध्नू,
कि आफ्नै हातका औँलाहरू कति नरम छन् भनेर ।
कि अँगालोको घेराभित्र कति माया अट्छ भनेर ।
शब्दहरूबाट अवहेलित हामीलाई सोध्नू,
कि वाक्पटुता प्रतियोगिताका विजयीलाई
मीठा शब्दहरूमा बधाई दिइने रहर कति हुन्छ भनेर ।
सोध्नू साँच्चै,
कि बैसाखी समातेर हिँड्दा ठेला उठेको हत्केलाभरि
यो जिन्दगी कतिसम्म दुख्छ भनेर ।
हामी पसिनाबिना हिँड्दैनौँ।
पसिना हामीबिना हिँड्दैन ।
यसैले हाम्रो र तिम्रो जिन्दगीमाझ कुनै सिमाना छैन ।
हाम्रो चरम व्यथामा निस्कने सुस्केरा पनि
खोलाको शीतल हावाजस्तो छ ।