भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घुम्तीमा नआऊ है / रत्न शमशेर थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गहारो हुन्छ फुकाउन

भोलि जब हुन्छौं हामी एक अर्कोसँग टाढा
फूलजस्तो माया पनि बिझाउने बन्छ काँडा
सुस्केरामा रात बित्छ सक्दैनौं निदाउन

बतासमा उँडी आउला गीत म छु सुन
एकदिन दुखी बनी पर्छ पृत सम्झी रुन
आउँदैन आकाशमा पापी जून चियाउन