भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

घोषणापत्र / रम्जन दर्गा / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हामी कामदार हौँ
हामी शक्तिमा पुग्यौँ भने
प्रहरी र न्यायधिशहरूलाई
मान्छेमा परिवर्तन गराउनेछौँ हामी, पूर्ण मान्छेमा ।

टयाङ्कहरू बुल्डोजर हुनेछन्
र हाम्रा नमिलेका जमिनको सतह मिल्नेछ

बन्दुकको नालका मुखमा
भँगेराले गुँड लगाउने छ
रेडलाइट एरियामा रातो बत्तीमुनि
हरिया पार्कहरू बन्नेछन्

हामीले मौका पायौँ भने, केवल एक मौका
शान्तिको बीज छर्नेछौँ हामी
पृ्थ्वीभरि।

पछि-
हाम्रा केटाकेटीले शब्दकोश हेर्नुपर्ने हुन्छ
‘हत्या’को अर्थ बुझ्नका लागि ।