भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
चम्किरहेथ्यो नील नभमा सितारा / रवीन्द्र शाह
Kavita Kosh से
चम्किरहेथ्यो नील नभमा सितारा
रानी तलाउ किनारा
पन्छी ती जोडी मिलेर, घुम्दै थिए चमनमा
फूल गम्किरहेथ्यो हाम्रो मिलनमा
त्यो दिन कस्तो खुशीको होला
दुई आत्मा जब एक होला
हाँसी खुशीमै के के गरौँला
जब चरीले गीत सुनाउला
हातमा हात मिलाई रमाउँदै घुमौँला
खुशीले त्यो फूललाई चुमेको हेरिेरहौँला
जनमभर नमेट्ने निशानी दिउँला