भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
चिडियाघर / विवश पोखरेल
Kavita Kosh से
यसपालीको शनिबार- गयौँ चिडियाघर
गाडी चढी जाँदा त्यति रैन रै’ छ पर ।
बाघ दाइले हाम्लाई देखी गर्यो ङ्यार्रङुर्र
भालु दाइ सुतेकोथ्यो गर्दै घुर्रघुर्र ।
हात्ती दाइको ज्यानै ठूलो, नाङ्लोजत्रो कान
गैँडा दाइको वरपर रै’ छ बेग्लै सान ।
मयुरको नाचै राम्रो, कोइलीको गाना
मिलिजुली बसेका थे’ सबै ठूला साना ।
त्यही थिए छट्टु स्याल – हाम्रो जम्बु राजा
बादर दाइले सोध्दै थिए, के के ल्यायौ दाइ ।
खोसी खोसी हाम्रो सबै फलफूल खाई
जिस्काउ֧दै हाँस्न थाले ङचिच बाँदर दाइ ।
साह्रै मज्जा लाग्यो हाम्लाई चिडियाघर टेक्दा
प्रकृतिको सुन्दर सृष्टि एकै ठाउँ देख्दा ।
हेर्दा-हेर्दै दिन बित्यो गर्दै वरपर
यसपालिको शनिबार – गयौँ चिडियाघर ।