भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चित्र यो देशप्रेमको / सविता गौतम दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



मेरो मनको फराकिलो फूलबारीमा
ढकमक्क पूmलेको सुन्दर पूmलजस्तो देशप्रेम
एउटा नीलो क्यानभासमा उतारुँ भन्छु
शब्द शब्दमा यो प्रेम लेखु“ भन्छु ।

अनेकौं चाहनाहरु छन् मनमा
अनेकौं सपनाहरु उकालीओराली खेल्छन्
म नित्य चाहन्छु
कुनै आमाको सिउदोको गुरा“स नओइलाओस्
कुनै बालक जीवनको विहानीमा
एक्लै पहाड नउक्लोस
द्वन्द्व र वन्दको कुलतमा
नफसोस कुनै नवकिशोर

चित्रकै सगरमाथामा उभिएर
चित्र नायक भनि रहोस कि
त्यो परको नीलो छाना
उसको घरको हो
त्यो हरियो गलैचा
उसको खेत हो
त्यो कालो चिम्नीको धुवा“
उसकै साथी हर्केको इँटाभट्टाको हो ।

उ जहाँ उभिएको छ त्यो नै उसको देश हो
जहाँ सुनगाभाहरु मगमगाइरहेछन्
जहाँ अमृत झैं पानी बगिरहेछ
जहाँ मेहनती हातहरुले देश छामीरहेछन्
मेरो चित्रकारले सोचेको देश समृद्ध छ
उसले चित्रमा सोचेको देश फराकिलो छ ।

उ चाहान्छ
बन्द, द्वन्द्व र धुवाँ
सदाको लागि थन्कियोस इतिहासको कुनै कुनामा
सुन्दर शान्त नेपाल यसरी नया“ बनोस
मैले सोचेको चित्रजस्तै
मेरो चित्रकारले देश बनाइरहोस् ।