भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चोइटा / टेकबहादुर नवीन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


एक करोड मुख छन्, तर एकै आवाज हाम्रो,
दुई करोड हात छन्, तर एकै चाहा छ हाम्रो
एक करोड मट छन, तर एकै स्पन्दन छ हाम्रो
एक गौरवमा बाँच्तछौं जत्ति पटक जन्म होस् हाम्रो ।

जन्म जन्म नेपाली बन्न लौ मलाई ‘श्राप’ देऊ
जुग जुग नेपालको नोकर बन्न लौ मलाई ‘श्राप’ देऊ ।
सारा दुनियाँले मलाई सांग्रो मनको भनून्,
नेपाली हुँ भनी अभिमान गर्न लौ मलाई 'धाप' देऊ ।

म राई , लिम्बू हुँ वा मगर हुँ,
म गोर्खाली हैं, मधिसे हुँ वा नेवार हुँ,
म जो हूँ मेरो आत्मा र शरीर यही नेपालको हो,
प्यारो मातृभूमिको लागि बाँच्ने र मर्ने म नेपाली हुँ ।

टाढा हुन् वा नजीक, सबै आकाशका तारा हुन्,
दायाँ हुन् वा बायाँ, दुवै नदीका किनारा हुन्,
जोसुकै जहाँसुकै होस्, केवल हृदयमा 'नेपाल' होस्,
हृदयमा नेपाली हुँ भन्ने नेपालका सहारा हुन् ।

किरकिर भए पनि साँझको किर्थो प्यारो,
पिलपिल भए पनि रातको तारो प्यारो,
जहाँ गए पनि यसको माया सार्थ मेरों
सानो भए पनि स्वदेश में प्यारो मेरो ।

एक पटक यो धूलो पनि अमरसिंह थियो
एक पटक यो धूलो पनि बलभद्रसिंह थियो
सारा मौन देखेर नेपालको धरती बोलिरहेछ-
कुनै वेला यो धूलोमा पनि ज्यान थियो ।

वसन्तमा जवान नहुँला, नेपाली पुष्पराग त हुँला,
पतझडमा म वृद्ध नहुँला, हिमाली शीतकण त हुँला,
मेरो अन्तिम अभिलाषाले मात्र मानिस नै म नहुँला,
जुग जुग म जे जे हुँला यस भूमिमा धूलिकण त हुँला ।

सडकका यी धूलालाई पनि अब उठ्न देऊ,
जुत्ताका यी तलुवालाई पनि अब उठ्न देऊ,
कत्ति यी आकाशका तारामात्र हाँसुन त,
कुल्चिएका जमीनलाई पनि अब उठ्न देऊ ।

यो हिमाली हावा अझै रोइरहेको सुन्छु,
काली मेचीको लहर अझै छटपटाइरहेको देख्छु,
हिम-वक्षस्थल पहरो र चीरामा फाटेको भेट्छु,
तर के भनु-मौन गगन खामोश धरती देख्छु ।

उकालो के तर्साउँछ ? गर्दै अभियान हिमालयमा छु,
भर को हुन आउँछ ? गर्दै भर छातीको वालमा छु,
पाइला नपरेका पथ मेरो पयर पर्खिरहेछन्-
चढे आफ्नै हिम-चोटीमा, चिप्ले आफ्नै नेपालमा छु ।

हिउँले पुर्ला पद-चिह्न मेरो, मलाई त्यतै जान देऊ.
कुनै पाइलो नपरेको होला, बाटो नौलो मलाई जान देऊ,
परले मात्र फैलने हिमालीझै मेरो जीवन छ आज-
बाटो हराउला, तर यो खुट्टालाई गर्न नयाँ पथ-निर्माण देऊ ।

है बटुवा, हिम-पथका प्रतिकदम नौलो मार्ग मेरो,
छेक हिमाल, लुप्त पार, लौ हिंड, यो मार्ग मेरो,
प्रेरणा नै भएको छ जति पीर पीडा छ मेरो-
मलाई के मेरा पाइलाको चिह्न नै हो मार्ग मेरो ।