Last modified on 29 जून 2017, at 22:47

चोट के हो व्याथा के हो / सुवासचन्द्र ढुङ्गेल


चोट के हो व्याथा के हो मजस्तो घाइतेलाई सोध
मिलन के हो खुसी के हो मसँग सोध्धै नसोध

मलाई लाग्छ यो जीवन मेरो चोटै चोटले भरिएको छ
सागरभन्दा गहिरो व्यथा यो मुटुभित्र छरिएको छ

गम्भीर भन्छन् सबै मलाई मेरो उदास मुहार देखी
भन्दैनन् कोही यो बाँचेको छ छातीभरि घाउ बोकी

शब्द - सुवासचन्द्र ढुङ्गेल
स्वर, संगीत - अरूण थापा
एल्बम - ऋतुहरूमा तिमी