भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
चोट खेप्छु , एक्लै रुन्छु पहराको चुली / गीता त्रिपाठी
Kavita Kosh से
पहाड
चोट खेप्छु , एक्लै रुन्छु पहराको चुली
बिहान हाँस्छु अलिकति लाली रङ्ग खुली
आँसु पनि आफ्नो हुन्न जान्छ तर्काइमा
फर्की आउलान् जाने भनी बस्छु पर्खाइमा
जाने कोही फर्किंदैनन् आउने माग्छन् बास
अँध्यारोमा देखाउँछन् उज्यालोको आश
बतासले मेरो खबर लेख्छ पातभरि
कस्लाई पठाऊँ आफ्नै बिम्ब छेक्छ छाया परी
रहर लाग्छ पग्लिएर झर्न तल तल
मैले पग्ले एकैचोटि हुन्थ्यो झलमल ।