भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छटपटी छटपटीमा रात बित्यो / दुबसु छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

छटपटी छटपटीमा रात बित्यो
कुतकुती कुतकुतीमा बात बित्यो

आँखामा आँखा ओठमा ओठ
एकै झमटमा यौवनको बात बित्यो

नजर हेर्दा नजर झुके अधर चुम्दा अधर
केही भन्न नपाउँदैमा बात बित्यो

तिम्रो कथा नसिधिंदै सबै ताराहरू झरे
आफ्नो कथा शुरु नहुँदैमा रात बित्यो

कुरा गर्दा गर्दै भाले बास्यो
उफ्, केही हुन नपाई सुहागरात बित्यो