Last modified on 4 जून 2017, at 22:17

छट्पट गरेर नै सधैँ बिती गयो रात / म. वी. वि. शाह

छटपट गरेर नै सधैँ बिती गयो नि रात

दिनमा पनि कहाँ म पाउँछु र चैन
तसबीर उनकै सामने आएर दिनरात

आई गयो वसन्त; गृष्म, वर्षा पनि
आँशु बनेर नै गयो शरद्को चाँदनी

हेमन्तको बतासमा गयो निराश आश
शिशिरको तरूसरी सारा शरीर छ लाश