भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छल्कीरहेछ, जूनको प्रित / रत्न शमशेर थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छल्कीरहेछ, जूनको प्रित
गुराँसको आँखा, आँखामा गुन्जिरहेछ
गुन्जिरहेछ, फूलको गीत
बतासको भाका, भाकामा
छल्कीरहेछ

मनमा नाना, तरंग लिएर
सुस्केरा त्यो, सांसमा
मनमा नाना, तरंग लिएर
सुस्केरा त्यो, सांसमा
आँशुका दाना, चुपचाप पिएर
बसन्त यो, आशमा
खोजिरहेछ
खोजिरहेछ मनको मित
निर्जन यि, पाखा पाखामा
छल्की रहेछ

बोलाको हो कि, मुटुमा मेरो
हलचल जगाई, रातमा
बोलाको हो कि, मुटुमा मेरो
हलचल जगाई, रातमा
लोलाको हो कि, मायाँमा मेरो
यो पल लजाई साथमा
अल्झीरहेछ
अल्झीरहेछ, त्यो अतित
आज छायाँ, दोछायाँमा
छल्कीरहेछ

छल्कीरहेछ, जूनको प्रित
गुराँसको आँखा, आँखामा