भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छायाँका सपना / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छायाँमा परेका सपनाहरु
झिक्छौं — त्यहाँबाट
टक्टकाउँछौं — जमेका धुलाहरु
खाक्सी दल्छौं — खिया परेका सतहहरुमा
र, धार लगाउँछौं
र्या,इँ... र्या—इँ.... र्या इँ....
निरन्तर
धार लगाउँछौं
भो !
खिस्स......
दाँत देखाउदै
औपचारिकतावश:
तिम्रो मौसमी अनुहार लिई
नआउ — यहाँ समीपमा
नत्र यसले
बिना कुनै अनकनाहट !
बिना कुनै हिचकिचाहट !!
तिम्रो चट्टानी-मुटुलाई
छिया छिया पारिदिन सक्छ
टुक्रा टुक्रा पारिदिन सक्छ
किनकी हामी
र्याीइँ... र्यापइँ.... र्या इँ....
धार लगाइरहेछौं — यसलाई