Last modified on 23 अगस्त 2020, at 21:34

छालाको झोला / मल्लिका घान्ती / सुमन पोखरेल

कुनै साधारण झोला हैन
यो छालाको झोला।

त्यो मान्छे जसले
त्रिलोकभरि राज्य गरेथ्यो
त्यसैमा बसेको थियो नौ महिनासम्म
एक कञ्चो भाडा नतिरी ।

ती सन्त जसले
यस झोलालाई अपवित्र ठानेँ
त्यहीँ गुँडुल्किएका थिए
एक कञ्चो भाडा नतिरी
नौ महिनासम्म ।

पुरुष ईश्वरहरूले त्यही छालाको झोलाभित्र
बनाएका थिए आफ्नो काया
तर राम र रहीम दुबैले
बिर्सिएका छन् यसलाई
संसारको सेवा गर्ने धूनमा ।
अमूल्य छ विश्वबजारमा
त्यस छालाको झोलाको मोल
कसैले कहिल्यै पनि आँक्न सक्दैन
त्यस झोलाको मूल्य ।
तर अचेल भाडा तिरिन थालेको छ घमन्डसाथ।

प्राइस ट्याग लगाएर नारीको गर्भको झोलामा
आमाबाट सरोगेट मदर बनाएर आमालाई
अपमान र ठट्टा गरिरहेछौ तिमी
गरीब र गरीबीको ।