भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छुन खोजेँ किनारलाई / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

छुन खोजेँ किनारलाई माझै धारमा पुगिएछ
छेउ लागूँ भन्दै थिएँ भूमरीमै डुबिएछ
 
चाहेको थेँ छातीभरि हरियाली बसाउन
सानो मूलबाट झरी ठूलो फाँट रसाउन
सँगालेका थोपा जति कताबाट चुहिएछ
छेउ लागूँ भन्दै थिएँ भूमरीमै डुबिएछ
 
कैले मन सुसाउँछ खहरेको बेग गरी
बगाई लान्छ किनारलाई बर्षात्‍को भेलसरि
अडिएन बाँध पनि साँधपारि पुगिएछ
छेउ लागूँ भन्दै थिएँ भूमरीमै डुबिएछ