भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छ हाइकू / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक
चोरेर रङ्ग
तिम्रा ओठहरूको
हाँस्छ गुलाफ ।

दुई
नमातूँ भन्छु
तिम्रा ती आँखा दुई
जाऊँ कता म?

तीन
हररात म
निस्कन्छु आफूबाट
तिमीमा मिल्न।

चार
तिमी भन्छ्यौ कि
कसको हो दुखाइ
मेरो छातीमा ?

पाँच
तसवीरमा
खोज्दैछु गहिराइ
तिम्रा आँसुको।


नबोल तिमी
म हेर्दैछु आँखामा
बोल्दैछन् ती।