भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जङगबहादुरहरू / स्वप्निल स्मृति

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

त्यसो त दरबारमा-
धेरैपटक मरिसकेका हुन्छन् जङ् ग ब हा दु र ह रू ।

जङगबहादुरहरू
अस्पतालमा मर्छन् पटकपटक
बाँचुलाझैँ गर्छन् मृत्यूशैय्याहरू समेत
फेरि कहिल्यै मर्दैनन् अस्पतालमा बिरामीहरू ।

जङबहादुरहरू
अखबारमा मर्छन् दोस्रोपटक
आयु थपिए झैँ चम्चमाउँछन् पाठकका आँखाहरू ।

जङबहादुरहरू
इतिहासमा मर्छन् अन्तिमपटक
काला पन्नाहरु पल्टाएर कालखण्डहरू
छक्क पर्छन् विद्यार्थीहरू –
किन जन्मिरहन्छन् हँ नयाँ जङ् ग ब हा दु र ह रू