भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जन्मेर कोखमा कसैको / तुलसी घिमिरे

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो

कस्ले छोडेको कस्तो नासो हो
जिन्दगीको अनौठो नाता
को हो आफ्नो को हो विरानो
के होला यो रगतको नाता

खोजी हिँड्दछ आमाको न्यानो काख
मायालु छहारी कसैको
भाग्य सबैलाई कहाँ पुग्छ र
संसारमा विधिले लेखेको

कस्तो पीर यो समयले दिएको
भुलाईदेला समयले एकदिन
भुलेको सपना झस्काउँला कुनै दिन
भरिएला त्यो घाउ एक दिन

शब्द – तुलसी घिमिरे
स्वर – नारायण गोपाल
संगीत – रन्जित गजमेर
चलचित्र – चिनो