भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
जब दियो डराउँदैन / सानु शर्मा
Kavita Kosh से
					
										
					
					जब दियो डराउँदैन भने हावासँग
मैले किन डराउनु दुःखका छावासँग
आपत बिपद् एकैसाथ झम्टिँदै आउँछन् 
मानौँ म डराउने छु, त्यस्ता जाबासँग 
कुनै एउटा त पूरा गरी देखाऊ, प्रिय ! 
दिक्क भइसकेँ तिम्रा झूठा दावासँग 
हामी दुईको चाहनामा अन्तर यो कस्तो 
जीवनको मोह धर्तीसँग, मेरो कावासँग  
लावा छर्दै, शङ्ख फुक्दै बोकी कतै लगे  
कहिले भेट होला फेरि अब बाबासँग 
बाबाको शरीरमाथि छरिएको देखेदेखि 
असाध्यै डराउँछु, अबीर र लावासँग 
	
	