भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जब पूर्णिमाको रात आउँछ / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जब पूर्णिमाको रात आउँछ खोज्छु म तिमीलाई जूनमा
धेरै फरक भयो जिन्दगी तिमी हुनु र नहुनुमा
 
शीतलशीतल थियो जीवन छायामुनि बसे जस्तो
सुन्दर थियो मेरो संसार स्वर्गै ममा सजे जस्तो
धेरै फरक भयो आज तिम्ले छुनु र नछुनुमा
धेरै फरक भयो जिन्दगी तिमी हुनु र नहुनुमा
 
आँखाभित्र रसाइरन्छ भुल्भुलाउने एउटा मूल
किन धेरै टाढा गयौ के गरेछु मैले भूल
हिजो थियो हाँसोखुसी बद्लियो आज रुनुमा
धेरै फरक भयो जिन्दगी तिमी हुनु र नहुनमा
 
शून्यशून्य लाग्छ सारा आकाश देख्छु रोए जस्तो
धरतीको फूल देख्छु तुषारोले छोए जस्तो
घाम पनि किन यस्तो भित्रभित्रै डाह हुन्छ
जत्ति बिर्सुं भन्छु उत्ति मनमा भेट्ने चाह हुन्छ
धेरै फरक भयो जिन्दगी तिमी हुनु र नहुनुमा