Last modified on 9 जनवरी 2017, at 09:07

जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले / मनु ब्राजाकी

जसको मुटु ढुङ्गाजस्तो देखेँ मैले
त्यसैमाथि आफ्नो नाम लेखेँ मैले

जतातिर बल्यो आगो उतैतिर
प्रतीक्षामा आफ्नो हात सेकेँ मैले

चौबाटोमा उभिएर सोच्दै छु म
कुन बाटोमा खुट्टा आफ्ना टेकेँ मैले ?

मध्याह्नमा हिँड्दा लाग्न थालेको छ
आफ्नो छाया आफूले नै छेकेँ मैले

‘मनु’लाई भेटेपछि गन्न थालेँ
गुमाएछु जिन्दगीमा के-के मैले ?