भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जागृति आयो / युद्धप्रसाद मिश्र

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भोका नाङ्गा पीडितहरूको
पीडाको अब आयो आँधी
महल अटारी हल्लिन लागे
हिमगिरीको पनि टुट्यो समाधी

विलासितामा हुन गो हलचल
श्री सम्पत्तिकन लाग्यो ब्याधी
ठूला-ठालुका चम्चाहरू सब
गए हतासिन सङ्गीनवादी

जनतालाई उठ्नै नदिने
जालझेलले पल्टा खायो
प्रतिगामीकन निष्कृय पार्दै
जीवित जागृत दुनियाँ आयो