भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जातजातिको, भाषाभाषीको / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जातजातिको, भाषाभाषीको हामी सबैको प्यारो नेपाल
कर्मवीरको, स्वाभिमानको विश्वको छानो हाम्रो हिमाल
 
भृकुटी र बुद्ध जन्मिए शङखधरको गाउँ नेपाल
फाल्गुनन्द, भानुभक्तको धर्मनिरपेक्ष नेपाल
 
देशसेवा कर्म हाम्रो जाति हाम्रो नेपाली
हिमाल, पहाड, तराई घुम्छौँ चन्द्रसूर्य झन्डा उचाली
 
पराधीन भई बाँच्न नजानेका हामी गोर्खाली
विभेदका रेखा मेट्ने शान्तिप्रेमी हामी नेपाली।