भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जात्रा थियो पलाञ्चोके भगवती थानमा / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


जात्रा थियो पलाञ्चोके भगवती थानमा
कतैबाट तिमी आउने खबर पर्योी कानमा
चैतेहुरी उदासी मेरो मन
हावासरि हलुङ्गो भयो झन्
चुह्यो बलेसी
पात किन नहल्लनु हावा चलेसी
 
पारि हेर्यो् सूनकोशी तल झिगु खोला
मनभित्र आगो बल्यो कैले भेट्छु होला
चर्को घाम बैसाखे पूर्णिमा
धोको रह्यो भेट्ने यै जुनीमा
प्यासी मेरो मन
गर्मी छ उकालो आँत सुक्यो झन्
 
पाइला हालिसक्नु'थेन मन्दिर छेउछाउ
वर्ष दिनको मेला हजुर सबको आफ्नै दाउ
कता पर्योो मायाको नजर
तिमीविना शून्य भो बजार
स्वारीजुलेवी
सिकारी टोलायो भागी मलेवी
 
सिन्दुर, टीका, चुरा, पोते सबै जम्मा गरेँ
काली थानमा बोका भाकेँ तिम्रै भर परेँ
पानी छैन टाढा छ पँधेरो
तिमीविना दिनै भो अँधेरो
दुख्यो मेरो मन
आगोमा घिउसरि बल्यो दनदन्