भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जिउन मन लाग्छ / प्रेम शेर्पा ‘विरोकी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अरूले शासन गरेको हाम्रो माटोमा
उकुसमुकुस भएर मुक्तिको बाटो हेर्दा
मलाई
कहिले मुटु फुटिञ्जेल रून मन लाग्छ,
कहिले छाती फाटिञ्जेल हाँस्न मन लान्छ,
कहिले कसैलाई ज्यूँदै काटेर
आलो रगत पिउन मन लाग्छ।
अनि मात्र, एउटा अस्तित्व बोकेको
जीउँदो मानिस जस्तो
दिल खोलेर जिउन मन लाग्छ।