भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जिन्दगीमा जताततै रात देख्छु अचेल / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जिन्दगीमा जताततै रात देख्छु अचेल
 व्यथा अनि वेदनाका खात देख्छु अचेल
 
पिएपछि मात्र नशा लाग्छ होला भन्थेँ
नपिए 'नि जताततै मात देख्छु अचेल
 
सुनेको थेँ विश्वासमै चलेको छ संसार
तर विश्वासमा पनि घात देख्छु अचेल
 
उबेलामा दुःख पर्दा बोल्दैन थे कोही
तर अहो! भन्दै बढ्ने हात देख्छु अचेल