जिन्दगी भेट्ने ठेगाना पायौ ?
सहरबाट हिंड्ने रमाना पायौ ?
दशौं दिनसम्म भोकभोकै बसेर
बल्ल एक दिनको खाना पायौ !
एक्लो त शायद परेनौ होला
साथमा दुई, चार– एक जाना पायौ
भीडमा भो, कैदी बाँच्तिनँ भन्थ्यो
भागको त्यो चुहुने छाना पायौ
कहिले त हार, जीत भै दिन्छ
चित्त बुझाउने बाहना पायौ