अधुरो जीवनको
सबैथोक त अधुरो छ
धरती–आकाश, घाम–जून–तारा
सारा–सारा
आधा छ,
अधुरो छ;
तर यो अधुरो कहानीबीच
जब–जब तिमी मुस्काइदिन्छ्यौ
तब यो जिन्दगी
त्यो हुलाक टिकटजस्तै लाग्छ
जो लिफाफामा टाँसिएको भए पनि
हुलाकको टाँचा लाग्न छुटेको हुन्छ ।
अधुरो जीवनको
सबैथोक त अधुरो छ
धरती–आकाश, घाम–जून–तारा
सारा–सारा
आधा छ,
अधुरो छ;
तर यो अधुरो कहानीबीच
जब–जब तिमी मुस्काइदिन्छ्यौ
तब यो जिन्दगी
त्यो हुलाक टिकटजस्तै लाग्छ
जो लिफाफामा टाँसिएको भए पनि
हुलाकको टाँचा लाग्न छुटेको हुन्छ ।