भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवनको हरेक मोडमा / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


युवक - जीवनको हरेक मोडमा तिमीले मलाई भेट
युवती - म भागेजस्तो गर्छु तिमी मेरो बाटो छेक

युवती - म धेरै टाढा हुन्न तिमीले मलाई खोज
        तिमीलाई भेटे पनि तिमीलाई म त छुन्न
        तिम्रो नशालु हातले तिमीले मलाई छोऊ
        म डराएजस्तो गर्छु तिमी आँट मलाई देऊ

युवक - जीवनको हरेक मोडमा तिमीले मलाई भेट

युवक - जब लड्न लड्न खोज्छु म तिम्रो सामू पुग्दा
        ती कोमल पाखुरामा तिमीले मलाई थाम
        तिमीले चाहे जति माया तिमीले मलाई देऊ
        म रिसाएजस्तो गर्छु तिमीले मलाई फकाऊ

दुबै - जीवनको हरेक मोडमा तिमीले मलाई भेट