Last modified on 6 जुलाई 2020, at 10:44

जीवन छ् र प्यास छ / रवि प्राञ्जल

जीवन छ् र प्यास छ
तिमी छौ र आस छ ।।

घामसँगै छ छायाँ,
टाढा छैन पास छ ।।

कतै आँसु जिन्दगी,
कतै मधुमास छ ।।

प्रेमी को छ र यहाँ ?
वासनाको दास छ ।।

पक्कै उदाउँछ ‘रवि’
यही एउटा आश छ ।।