भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन / लीला अनमोल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ओरालै - ओरालो बग्नु थियो
र त बगिरहेँ
तर मेरो बगाइमा
खोला जस्तो बेग छैन
बिस्तारै
किनार खियाउने कला छैन
मैले त
बेप्रवाह बग्न जाने
मनहरुलाई खियाएर
मटुहरुलाई फुटाएर
परेलीहरुलाई सुकाएर
एउटा नुनीलो आँशु बगें
बगें-
नमीठो दुखाइ बिर्सन बगें
उर्लिएको चिसो तृष्णा बगें
बग्नु थियो बगें
मनभरीको पीडा छल्काउन बगें
आँखाभरीको याद उनेर बगें
ओठमा मुस्कान थुनेर बगें
दुःखाईको माला बुनेर बगें
बगें धेरै बगें
अथाह सागरमा मिल्न बगें
सम्झनाको राग मिल्न बगें
बग्नु नै त रहेछ जीवन
जस्तो बगेपनि
तरल - तरल एक जीवनको
एक भोगइ बगें