भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन / हर्कजङ्गसिँह छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

क्षणभरको यो मधुमय जीवन, छ क्षणिक यो संसार ।
दुःख मूल हो, सुख फूल जीवन, जीवन एक गुरू भार ॥१॥
शृङ्गार कुसुमित कुसुमको गरी, आउँछ चारू वसन्त ।
शुष्क पुष्पित कुसुमको कालिमा, झर्छ झंकार अनन्त ॥२॥

हुन्छ व्यतीत दिन पलक्षण यसरी, आउँछ वैशाख मास ।
दिवाकरको उत्तप्त किरणले, अवनि-उर गर्छ राख ॥३॥
नन्दनवन यो मानव जगमा, हौँ हामी वनफूल ।
इसने पर्छ बनफूल जीवन, कैले नखे । नभूल ॥४॥

छैन आश क्षणिक जीवन यो, मिध्या यो संसार ।
मिथ्या जगको सुखमय जीवन, छ प्यार कटु अनि भार ॥५॥
तृष्णा ममताको धागोले, निर्मित जगको जाल ।
हुन्छ अवसान अज्ञानताले, धिक ! यो सुखमय काल ॥६॥