भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जुलूस / कृष्ण पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


परिप्रेक्ष्यमा बाँधेर म आफूलाई
म आफै लेखिरहेछु ‘आफैलाई‘
मेरो ग्रसित आत्माले शुद्धी खोजिरहेछ
म आत्मग्रस्त भइरहेछु
म आत्मग्रस्त भइरहेछु

नितान्त एक्लोपन बिउँझिन्छ
मलाई म नहुनु जत्तिकै
म घटाइरहेछु महरुबाट
म रित्तो.....
रित्तो बन्दै गइरहेको मेरो गिदीलाई
स्पर्शले खोज्छु, भेट्दिन
उराठले डस्यो भन्छु, सुन्दैन
यो कस्तो मेरो वक्तव्य, घोषणा जस्तो हुँदैन
र आज, घोषणा गर्न परिरहेछ
आत्मशुद्धी ! आत्म मनन् !!
म आफैले नसुन्ने गरेर
म आफैले नसुन्ने गरेर

निधारमा अटाउन्जेल प्लेकार्ड बोक्छु
विद्रोह छैन, रपनि विद्रोह बाँकी छ
म परम्पराको विरोधमा पोष्टर टाँसिरहेछु
म आफ्नो विरोधमा भाषण गरिरहेछु

हुत्तिन्छु, म आत्मबलका सेनाहरुबाट
र प्रहरीले, लेखिएकोसँग खोस्छ मेरो हात
चुपचापको कैदी हुन्छु, बन्दी हुन्छु
आफ्नोपनको परिधिभित्र
र लेखिएको हुन्छ — जुलूस/मनाही/चुपचाप
मेरो आँखाको अगाडि
छाम्न हुँदैन सत्यलाई
एउटा पाठ मलाई पढाइरहेछ । म पढिरहेछु ।

उपेक्षित छु, समूहको यसैले
समूहको आँखाले देख्दैन
समूहभित्र मलाई डरले छोप्छ

समूह म हुन सकेन, हुँदैन
तर मभित्र समूहलाई हिडाइरहेछु

मूर्तिवत ईश्वरको विरोधमा
पाषाण मेरो आफ्नै व्यवस्थाको विरोधमा
प्रचार गर्छु,
प्लेकार्ड र नाराहरु लगाएर प्रत्येकलाई
बाँच्नलाई मुक्ति चाहिन्छ त्यसैले
प्रत्येकले त्याग्न पर्छ इच्छाहरु
म जिन्दगीबाट इच्छाहरु घटाइरहेछु
म जिन्दगीबाट मायाहरु घटाइरहेछु
म जिन्दगीबाट सत्यहरु घटाइरहेछु
जिन्दगी धर्म होइन, मात्र एउटा जिन्दगी
जसलाई भोग्न म आपैm जुलूस भइरहेछु
जसलाई भोग्न म आपैm विरोध गरिरहेछु
परिप्रेक्ष्यमा...............................
म परम्पराको विरोधमा प्लेकार्ड बोकेर उभिरहेछु !
म जिन्दगीलाई भोग्न भीड भएर जुलूस गरिरहेछु !!