भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जूनको छाया / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


पानीभित्र जूनको छाया जूनैजस्तो लाग्छ
ओइलाएको थुँगा देख्छु उनैजस्तो लाग्छ

घुम्टोभित्र सुँक्कसुँक्क पीर लुकाउँदै
मलाई मेरो जिन्दगी बाँच्न सिकाउँदै
टाढा हुँदा दोष पनि गुणैजस्तो लाग्छ
ओइलाएको थुँगा देख्छु उनैजस्तो लाग्छ

बलेसीझैँ नजरको पानी बगाइले
बस्ती डुब्यो बाढीमा भत्केँ विदाइले
उनलाई पनि त्यस्तै होला मलाई जस्तो लाग्छ
ओइलाएको थुँगा देख्छु उनैजस्तो लाग्छ

छुट्दाखेरी भन्थिन् उनी मन बुझाउनू
पीर सबै बिर्सिएर सधैँ मुस्काउनू
त्यति ख्याल कस्ले गर्ला आज यस्तो लाग्छ
ओइलाएको थुँगा देख्छु उनैजस्तो लाग्छ