भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जूनतारा पछौरीमा / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जूनतारा पछौरीमा ओढूँ ओढूँ लाग्यो
उसैसित मनको साइनो जोडूँ जोडूँ लाग्यो
दिलको सहर
भैदिए मायालाई नि घुम्ने रहर
 
दोबाटोमा आँखा जुधाई बाटो छेक्नेसित
छल्न खोज्दा धरै पाइनँ बसिगयो प्रीत
प्रीति फुल्दा मनै फुली हाँसूहाँसू लाग्यो
उसैसित मनको साइनो गाँसूगाँसू लाग्यो
दिलको सहर
भैदिए मायालाई नि घुम्ने रहर
 
कैले वर कैले पर सर्दै जाने छाया
बसिर'न्छ उसको झल्को सधैँ दायाँबायाँ
झझल्कोको त्यै मायालाई रोजूँ रोजूँ लाग्यो
उसैसित मनको साइनो खोजूँ खोजूँ लाग्यो
दिलको सहर
भैदिए मायालाई नि घुम्ने रहर